बेल्जियममा तमु लोहसार

0

चारदिशा, सम्बाददाता, बेल्जियम,

तमु समाज बेल्जियमले आफ्नो नयाँ बर्ष तमु लोह्सार भब्यता पूर्वक मनाएको छ । शनिबार बेल्जियमको एन्तवेर्पेन शहरमा आयोजित कार्यक्रममा बेल्जियमबासी गुरुङ समुदाय र अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत नेपाली समुदायको उपस्थीतीमा साँस्कृतिक पर्ब लोशार बिभिन्न कार्यक्रम गरी मनाइयो ।
२६०१ तमु लोशारमा लामा बिधी अनुसार पूजा आराधना गरी नयाँ बर्षालाई स्वागत गरिएको थियो भने नेपालको समय अनुसार ठीक १२ बजे पछि उपस्थित सबै उठेर शुभकामना दिदै ताली बजाएर नयाँ बर्षलाई स्वागत गरिएको थियो ।
प्रमुख अतिथी बेनेलक्सका नेपाली राजदुत लोक बहादुर थापाले तमु समुदायलाई लोह्सारको शुभकामना दिनु हुँदै प्रबासमा आफ्नो सन्स्कृती र चाडबाद मनाएर यसको सम्रक्षण र प्रबर्धन गर्नु खुशीको कुरा भएको बताउनु भयो । नेपाल बिबिध जातजाती भाषा भाषीको साझा चौतारी भएको , बिबिधता भित्रको एकतानै हाम्रो चिनारी भएकोले प्रबासमा पनि यसलाई कयाम राख्दै नेपाली कला सन्स्कृतिको प्रचार प्रसार गर्नु पर्ने बताउनु भयो ।
तमु समाज बेल्जियमले राजदुत थापालाई स्वागत अभिनन्दन गर्दै उहाको कार्यकाल सफलताको कामना गरेको थियो भने जानकी गुरुङले राजदुत थापाको सन्क्षिप्त परिचय गराउनु भएको थियो । कार्यक्रममा ८४ बर्षिय अभिभाबक तुलबिर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई बेल्जियमका साँसद लगायत स्थानीय राजनितिक, सामाजिक पार्टीका प्रतिनिधिहरुले पनि शुभकामना दिदै नेपाली समुदाय मिलनसार र मिहिनेती भएकोले, बेल्जियमबासीले सधैं मित्रता पूर्वक व्यबहार गरेको र गरीरहने बताएका थिए
कार्यक्रममा तमु समाजका कोशाध्यक्ष राम घले ले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने चोक गुरुङ र गम बहादुर गुरुङले गुरुङ सन्स्क्रिती र सभ्यताको बारेमा प्रकाश पार्नु भएको थियो ।
गैर आबसीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले बेल्जियमको नेपाली समुदायको तर्फबाट तमु लोशारको शुभकामना दिदै बेल्जियमको नेपाली समुदायमा रहेको एकता कायम गर्दै एन आर एनए बेल्जियमले मिलेर काम गर्ने बताउनु भयो ।

त्यसै गरी जनजाती महासंघ युरोपका अध्यक्ष पिजी शेर्पाले नेपालको बिकासका लागि सबैले सकेको सहयोग गर्नु पर्ने र यहाँको नेपाली समुदाय नेपाली दुताबाससँग मिलेर काम गर्न तयार रहेको बताउनु हुँदै त्यसखाले बाताबरण बनाउन माहमहिम राजदुत थापालाई आग्रह गर्नु भयो ।
कार्यक्रमको दोश्रो चरणमा नेपालबाट आउनुभएका गायक एसी शेर्पा र बेल्जियमका स्थानीय कलाकार हरुले साँस्कृतिक कार्यक्रममा गुरुङ समुदायको सन्स्क्रिती झल्कने न्रित्य र गीत प्रस्तुत गरेका थिए भने अन्य मनोरन्जनातमक कार्यक्रम पनि गरिएको थियो ।

समाज बेल्जियमका अध्यक्ष जिबन गुरुङको सभापतित्वमा भएको कार्यक्रमलाई होम गुरुङ र सोफिया गुरुङले सन्चालन गरेक थिए ।

Leave A Reply

Your email address will not be published.