नयाँ राजदुतको परिचयात्मक अन्तरकृया कार्यक्रम

0

चारदिशा, सम्बाददाता, बेल्जियम,

नेपाली राजदुताबास बेल्जियमले गैर आबासीय नेपाली संघ बेल्जियम लगायत यहाँ सक्रिय नेपाली संघ संस्थाहरु सँग अन्तर्कृया सम्पन गरेको छ । बेनेलक्स र युरोपियन युनियनका लागि नबनियुक्त राजदुत लोक बहादुर थापाले कार्यभार सम्हाले पछी नेपाली समुदायको सल्लाह, सुझाब र सहकार्यको अपेक्षा सहित परिचयात्मक छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
राजदुत थापाले कुटनितीको माध्यमबाट नेपालको उन्नती र प्रगतीका लागि आफ्ना प्राथमिकता र योजनाहरुको जानकारी गराउदै नेपाली समुदायको सहयोगको अपेक्षा राख्नु भएको थियो ।
दूतावासबाट दिन सकिने थप सुबिधा,नेपालको पर्यटन प्रबर्धन र आर्थिक बिकास एबम नेपाली डायस्पोरा र दूतावास बिचको सम्बन्ध लाई प्रगाढ बनाउने कार्ययोजना प्रस्तुत गर्दै राजदुत थापाले सुधारका केही काम सुरु भैसकेको बताउनु भएको थियो । युरोपियन युनियन नेपालको बिकासको महत्वपूर्ण साझेदार भएकोले मिलेर काम गरे नेपाललाई अबसर प्राप्त हुने हुँदा त्यस तर्फ आफुले कदम चाल्ने र त्यो बातावरण तयार गर्न अाआफ्नो तर्फबाट गर्न सकिने सहयोग भए गर्न आग्रह गर्नु भयो । नेपाली समुदायले अघी सारेका परीयोजनाका बारेमा आफुले अध्ययन गरेर दुताबासको तर्फबाट गर्न सकिने सहयोग र सहभागिताको बारेमा धारणा अबगत गराउने पनि जानकारी गराउनु भयो ।
गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले कार्यक्रमको ब्यबस्थापन सन्योजन गर्न दिएको जिम्मेवारि प्रती धन्यवाद दिदै नेपाली समुदाय र नेपाली दुताबास मिलेर नेपालका लागि र यहाँको समुदायको एकता र विश्वाश बढाउन सबै सँग हातेमालो गर्न तयार रहेको  बताउनु भयो ।
नेपाली दुतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद महिला उपसंयोजक रजनी प्रधान, आईसीसी सदस्य चिजकुमार श्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक, धार्मिक गरि करिव ४० संघ-सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागिहरुले राजदुत थापाको कार्यकालको सफलताको कामना गर्दै ,नेपाली संघ-संस्थाहरुसँग दुतावासले गरेको यस्तो किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएकोमा प्रसंशा गर्दै नव नियुक्त राजदुतबाट उहाको कार्यकालमा धेरै सकारात्मक कार्यहरुको अपेक्षा गरेको बताएका थिए ।

कार्यक्रमको सन्चालन गैर आबासीय नेपाली संघ बेल्जियमका माहासचिब लोक दाहालले सन्चालन र सहभागिहरुको जिज्ञाशा र सुझाबको रेकर्ड र सन्क्षेपिकरण पत्रकार दिपकज्योती पौडेल ebam दुताबासका द्वितिय सचिब रामबाबु नेपालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.