बेल्जियममा मोर्चाको अधिवेशन सम्पन्न

0

नेपाली जनप्रगतिशील मोर्चा युरोपको तेस्रो र नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको ११ औं अधिवेशन २१ सदस्यीय युरोप स्तरिय कार्यसमिति र १५ सदस्यीय बेल्गियम स्तरिय कार्यसमिती निर्माण गर्दै बेल्जियममा भब्य रुपमा सम्पन्न भएकोछ ।

बिष्णु भुजेलको नेतृत्वमा दुइ सदस्य पछि थप गर्ने गरी नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको २१ सदस्यीय कार्यसमिती गठन गरेको छ । उपाध्यक्षमा टि। एन। रिजाल इङ्गल्याण्ड र वदन योङ्गहाङ्ग बेल्जियम, सुवर्णबाबु सापकोटा महासचिव जर्मनी, शेरबहादुर छन्त्याल कोषाध्यक्ष बेल्जियम, इश्वर शर्मा सचिव स्पेन,सदस्यहरुमा क्रमश: मेख तमु बेल्जियम, शेर बहादुर तुम्बापो जर्मनी, गोपाल रेग्मी स्पेन, इन्द्र न्यौपाने पोर्चुगल, भक्त श्रेष्ठ जर्मनी, कुल मगर बेल्जियम, माकुना राई बेल्जियम, लक्ष्मण देवकोटा स्वीट्जरल्याण्ड, बुद्धी तामाङ्ग अष्ट्रिया, पुर्ण विक पोर्चुगल, मुना राई बेल्जियम, शुशीला पराजुली बेल्जियम र मोहन श्रेष्ठ जर्मनी रहेका छन् ।

त्यस्तै अधिवेशनले मेख तमुको अध्यक्षता एक सदस्य पछि थप्ने गरी १५ सदस्यीय नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको केन्द्रिय समिति निर्माण गरेको छ । कार्यसमितिमा शेरबहादुर छन्त्याल र रकेन्द्र घिमिरे उपाध्यक्ष, माकुना राई महासचिव, दिल आलेमगर कोषाध्यक्ष, शुशीला पराजुली सचिव र सदस्यहरुमा विष्णु शर्मा, रुपेश व्लोन, आङबाबु शेर्पा, पुपुषा किराती, अरविन घले, मुना राई, जीवन श्रेष्ठ, यमुना रोका मगर रहेका छन् । कार्यसमिति निर्माण पछि लगत्तै बसेको मोर्चाको सयुक्त वैठकले बिबिध विषयहरुमा छलफल गर्दै रामबहादुर गुरुङ्ग, प्रेम पाठक, मणी कुमार राई र राजकुमार रोकामगरलाई सल्लाहकारमा चयन गरेको छ ।

Leave A Reply

Your email address will not be published.