चारदिशा बेल्जियम , 11 अक्तोबर 2016
नेपाली ब्यबसायी संघ बेल्जियमले गत हप्ता सामुहिक लगानी सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन गरेको छ । बेल्जियममा ब्यबसाय गरीरहेका नेपाली ब्यबासायीको संयुक्त लगानीबाट बेल्जियममा नेपाली समुदायको हितमा नाफामुलक परियोजना सन्चालन गर्ने उद्द्यस्य राखिएको उक्त अन्तर्कृया कार्यक्रममा बेल्जियमका अडिटर ( एकाउन्टेन्ट ) एलेनले सामुहिक लगानी बाट ब्यवसाय वा अन्य परियोजना सन्चालन गर्दा अपनाउनु पर्ने बिधी र प्रकृयाका बारेमा ब्यबसायिहरुलाई जानकारी गराएका थिए ।
मासिक रुपमा पुजी सन्कलन गर्ने र त्यसलाई सहकारीको पद्धतीमा लगानी एबम परिचालन गर्ने गरी कार्यक्रम तय गर्न सो भेलाले ब्यबसायी सघका पदाधिकारी र अन्य ब्यबसायीहरु रबिन्द्रमान श्रेष्ठ , कृष्ण खतिवडा र युबराज गुरुङ रहने एक समिती बनाएको छ । यस् समितीले परियोजनाको बिस्त्रित अबधारणा र सम्भाबित कार्यबिधी बारे आउदो सोमबार बस्ने बैठकले तय गरेर सार्वजनिक जानकारी गराउने छ ।
बेल्जियममा नेपाली ब्यबसायीहरु स्थापित हुने क्रम बढी रहेको परीप्रेक्ष्यमा सामुहिक अबधारणामा काम गर्दा बेल्जियम र नेपालमा पनि भबिस्यमा ब्याबसायिक र बिकासका कामहरु गर्न सकिने सकारात्मक आशा जागेको सो भेलामा सहभागी भएका ब्यबसायी हरुले बताएका छन ।
बेल्जियमका लागि नेपाली कन्सुलेट एबम बेल्जियम नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष रोजर दि ग्रुन लगायत बिभिन्न संघ संस्थाका पधाधिकारी एबम ब्यापार ब्यवसायमा सन्लग्न नेपाली समुदायका ब्यक्तिहरु उपस्थित कार्यक्रमको सन्चालन नेपाली ब्यबसायी संघका महासचिब यामु निरौला र अद्यक्षता संस्थाका अध्यक्ष सिपी भट्टले गरेका थिए ।