संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बेल्जियममा ,

0

डिल्ली राम अंमाई
नेपाली संघिय समाज,बेल्जियमले “नेपालको बर्तमान राजनीतिक अवस्था,चुनौती र सम्भावना “बिषयक अन्तर्कृया कार्यक्रम भुपु उपप्रधान मन्त्री तथा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।
कार्यक्रमका बिशेष अतिथिमा नेपाली राज्दुताबासबाट बेल्जियमका कार्यबाहक राजादुत घनस्याम भण्डारीको उुपस्थिती रहेको थियो भने अन्य अतिथिहरुमा एन आर एन ए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, अन्तरराष्ट्रिय महिला समन्न्वोय परिषदकी संयोजक रजनी प्रधान, अाइसिसि सदस्यहरु लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि र नेपाली जनसमुदायको उपस्थित रहेको थियो ।
कार्यक्रम अन्तमा प्रमुख अतिथी यादबले जनसमुदायबाट उठेका केही जिज्ञासाहरुको उत्तर दिने क्रममा प्रतिप्रश्न गर्दै भने ,”नेपाल भन्दा पछी परेका मुलुकहरु कहाँ पुगी सके तर खै के कारणले हो माथि उठ्न सकी रहेको छैन ? यसका मुल कारणहरु खोज्ने दायित्व सबै बुज्रुक नेपालीहरुको हो ” उनले उक्त प्रश्न प्रती आफ्नो धारणा राख्दै भने ,” भ्रस्ट्रचार एउटा कारण हुन सक्ला तर अर्को प्रमुख कारण राष्ट्रिय मुलधारका जनजातिहरु प्रती राज्यले गरेको सौतेलो व्यबहार हो । ” आफ्नो पार्टिको धारणा र मत राख्दै उनले जोड दिए कि ,” राष्ट्र बन्नलाई चाहिने आवश्यक तत्वहरु पहिचान गरी राज्यले सम्बोधन गर्दा नेपालको राष्ट्रियता बलियो हुन्छ । संबिधान मार्फत संबिधान सभाले ह्विप लगाएर जनजाती र मधेसका माग माथि अर्घेल्यायी गर्नु हुँदैन । तर त्यही गल्ती राज्यबाट हुँदै आएको छ । ”

आफ्नो धारणा अाइ यल ओ को अभी-सन्धि अनुसार भएको जिकिर गर्दै थप् जोड दिए ,”एउटै धर्म , भाषा र जातीहरुका हितहरुलाई मान्यता दिएर अन्य जात, भाषा र पहिचानलाई उत्पिडनमा पारीदै आएको छ र अहिले पनि संबिधानमा त्यसैको निरन्तरता दिने प्रयत्न तीन दलिय सिन्डिकेटबाट भएको छ । जनजाती र मधेस अहिले पनि उत्पिडनमा छ । यो अवस्थामा उत्पीडित बर्ग ,जात वा भाषिक समुदायले बिद्रोह गर्नुको बिकल्प रहँदैन । ” उनले पुन थपे ,”हिमाली शेर्पा वा भोटेलाई राज्यले तिब्बती देख्छ र मधेस मुलका नेपालीलाई भारती देख्छ । के हिमाली र मधेसको ईतिहास वा आदिम सभ्यता भन्दा पुरानो नेपालको इतिहाँस छ ?,” थप् प्रस्ट पार्दै राज्यलाई ब्यांग कसे ,”यदी मिथिलाकी सिता र कपिल्बस्तुका शाक्य बुद्ध अहिले जन्मेका भए नागरिकता बिहिन हुने थिए भन्ने लाग्छ । ” अन्तमा उनले जोड दिंदै भने ,”यो आवाज उत्पिडनको आवाज हो । यदी मुल धारका उत्पीडित नेपालीहरुको आवाजलाई उच्च जातको अहंकारी राज्य सत्ताले कुल्चने प्रयास गर्छ वा संबिधान मार्फत संबोधन गरिदैन भने देश माथि उठ्न सक्दैन । ”

कार्यक्रममा बोल्दै संघिय समाजबादी फोरमका बैकल्पिक केन्द्रिय सदस्य पि जि शेर्पाले “कसैको आत्मा स्वाभिमान र पहिचानलाई राज्यले संकुचित गर्न नपाउने बताउदै मानब अधिकारको विश्वब्यापी मान्यतालाई संबिधान मार्फत राज्यले सम्बोधन गर्नु पर्ने” धारणा राखे । कार्यक्रममा एन आर एन ए बेल्जियमका अध्यक्ष गंगाधर गौतम लगायतले आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापतिले अतिथिहरु र जनसमुदायलाई बिचार राख्न र सुन्न आएकोमा धन्यवाद दिए । अन्तर्कृया कार्यक्रमको संचालन समितिका सचिब लोक राना मगरले गरेका थिए ।
स्मरण रहोस, अक्टोबर २ तारिकको बेलुका एन आर एन ए बेल्जियमले नेपालका भुपु उपप्रधानमन्त्री यादबको सम्मानमा
रात्रीभोजको आयोजना समेत गरेको थियो । जसमा बेल्जियमका धेरै संघ संस्थाका प्रतिनिधि एबम एन आर एन बेल्जियमका पदाधिकारी हरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.