बस्नेतको नेतृत्वमा क्षेत्री समाज

0

बेल्जियम । क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नगेन्द्र बस्नेत को  नेतृत्वमा नया समिति चयन गरेको छ । सोमवार5बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की, महासचिवमा यशोदा थापा, सचिवमा योगिता थापा र कर्ण अधिकारी, कोषाध्यक्षमा सचिन केसी र सह कोषाध्यक्षमा सीता केसी निर्वाचित भएका छन् ।
तीन वर्षे कार्यकालको लागि सदस्यहरुमा जयराम  केसी, हरि रोका, सारदा धिताल, भद्र बुढा, याम खड्का, मीन कुवर, दीपेन्द्र केसी, बुद्वी बराल र अमृत रोका रमेश कार्की  निर्वाचित भएका छन् । साथै पूर्व अध्यक्षहरु ओम थापा र मोहन खत्री संगै दीपेन्द्र केसी, मदन तिमिल्सिना, महेश थापा, झलक केसी,कृष्ण केसी, किसन केसी, इन्द्र पकवान क्षेत्री, खड्कबहादुर केसी,दीप कुँवर,चन्द्र कार्की र शिवकुमार बरुवाल सल्लाहकार चयन भएका छन् भने पूर्व अध्यक्ष् हरु  अोम थापा , गोपाल सिंह थापा र मोहन खत्री लगयत तीन सदस्य को समिती गठन गरिएको छ  ।
कार्यकममा प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीका साथै सहभागी अतिथि क्षेत्री समाज नेपालका उप महासचिव राम बहादुर पाण्डे, एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, महिला संयोजक रजनी प्रधान, आईसीसी सदस्य नेत्र मगर र जानकी गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष बोधराज पौडेल, नेपाली व्यावसायी संघका अध्यक्ष सीपी भट्ट, युरो नेपाल कलाकार संघका अध्यक्ष पार्वती अधिकारी, संरक्षण कविता आन्दोलन युरोप संयोजक दीपेन्द्र केसी नेपाली जनसंपर्क समिती कि प्रतिनिधि तथा माहासमीती सदस्य सीता सापकोटा किरात समाज का अध्यक्ष बिमल सुब्बा   लगायत उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

basnet
मोहन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपक कार्कीले स्वागत मन्तव्य राखेका थिए कार्यक्रममा आर्थिक र प्रगती प्रतिवेदन सर्वसंवत रुपमा पास भएको थियो नेपाली कला संस्कृति र परम्पराको जगेर्ना गर्नको लागि स्थापित समाजले अधिवेशनको क्रममा जनै पूर्णिमा, कृष्ण अष्टमी र तीजको सम्झना गर्दै उपस्थित सबैलाई भोजनको व्यवस्था गरेको थियो ।
समाजले आफ्नो स्थापनाकाल देखि नै नेपाली नेपाली संस्कृतिको जगेर्नाका लागि आफै र आयोजना गरिएका कार्यक्रमममा सहयोग गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि नेपाली पहिचान कायम राख्न नेपाली सांस्कृतिक पर्वहरुको आयोजना गर्दै सबै नेपालीहरु बिचमा एकता र सद्वभाव प्रगाड बनाउने नव निर्वाचित अध्यक्ष नरेन्द्र बस्नेतले बताए ।

Leave A Reply

Your email address will not be published.