फेन्सी संघको तीज

0

नारायणगढ । महिलाहरुको एकता शक्ति हो र महिला शक्तिको सदुपयोग गरौं भन्ने नारा सहित नारायणगढका फेन्सी व्यवसायीहरुले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरुको हरितालिका तीजको अवसरमा फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
सो अवसरमा आदर्श गृहकी सञ्चालक मीना खरेल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै खरेलले नेपाली नारीहरुको तीजको आफ्नै मौलिक पहिचान रहेको भन्दै तीजको महत्वलाई कायम राख्नुपर्ने बताएकी छन् ।
तीजका भाकाहरुमा देखिएका विकृति, विसंगतीलाई अन्त्य गर्दै संस्कृति संरक्ष्ँणमा लाग्नुपर्नेमा खरेलले जोड दिएकी छन् । कार्यक्रममा बोल्दै फेन्सी व्यवसायी साकोस चितवनका अध्यक्ष सूर्यबहादुर आले, ,उद्योग वाणिज्य संघ नारायणगढ कि सदस्य रजनी मास्के , सञ्चारिका समूह चितवनकी अध्यक्ष सृजना अर्याल, मञ्जुश्री संरक्षण केन्द्धकी मञ्जु खाण, फेन्सी संघ महिला समिति संयोजक शारदा मल्ल र सुलोचना श्रेष्ठलगायतले तीज पर्वमा विकृतिहरु फस्टाउन नदिन महिलाहरुको भुमिका उच्च रहेको बताएका छन् ।
कार्यक्रम फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष हेमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा फेन्सी व्यवसायी साकोस र संघका आवद्ध महिलाहरुले तीजका भागाहरुसंगै नाचगान समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.