Browsing Category

बिबिध

साकेला नृत्य

विभिन्न जिल्लाबाट काठमाडौँ आइबसेका किराँतीले टुँडिखेलमा शनिबार ‘साकेला नाच’ मा सहभागी हुँदै ।

भूतपूर्व सैनिक सङ्घको महाधिवेशन

केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घको पाँचौं राष्ट्रिय महाधिवेशनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता तथा पूर्व सैनिकहरु ।

राजदूत सर्मागियुल अदमकुलोभा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्न नेपालका लागि किर्गिज गणतन्त्रका नवनियुक्त राजदूत सर्मागियुल अदमकुलोभालाई बग्गीमा राखेर राष्ट्रपति कार्यालयमा ल्याइँदै गरेको दृश्य ।

कर्मचारी ट्रेड युनियनको निर्वाचन

महेन्द्रनगरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा मतदानका लागि लामबद्ध कर्मचारी ।

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चिनीयाँ आरोही वाङ जिङको दोस्रो कृति साइलेन्स अफ द समिटको प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक समारोह ।

लौ नानी तिमी किन नाङ्गै नि

लौ नानी तिमी किन नाङ्गै नि ? पढ्न जान्छौ कि जादैँनो ? भनेर चर्पी प्रयोग र सरसफाइ अभियान अनुगमनकर्ता नैनकुमार विश्वकर्मा अभिरुचिपूर्वक देवानगन्जका सीमान्तकृत बालबालिकाहरुसँग सोधखोज गर्दै गरेको दृष्य ।

मनिषाको परिवार

फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा विमल र उनको आमा ।

शीर्ष नेताबीच छलफल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार व्यवस्थापिका–संसद कार्यसञ्चालन नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताबीच भएको छलफलपछि बाहिरिने क्रममा ।

सांसदहरुद्वारा होङ्सी सिमेन्टमा निरीक्षण

नवलपरासीको वेणीमनीपुरमा चिनियाँ कम्पनी होङ्सी र नेपालको शिवम् सिमेन्टको (कुल रु ३६ अर्बको) लगानीमा स्थापित देशकै ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टमा सांसदहरुको एक टोलीले स्थलगत निरीक्षण गर्दै ।

एसएलसी फुटसल प्रतियोगिता

क्याम्पियन एकेडमी लगनखेलले आयोजना गरेको पहिलो रियो एसएलसी फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा एन्फाका उपाध्यक्ष कर्मा छिरिङलगायत अतिथिहरुबाट संयुक्तरुपमा रेफ्रीलाई बल हस्तान्तरण गर्दै ।