Browsing Category

बिबिध

पर्यटकको चहलपहल

काठमाडौँ असनचोकको सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा परेवाको तस्बिर कैद गर्दै पर्यटक । भूकम्पपछि पर्यटकिय मौसममा राजधानीमा पर्यटकको चहलपहल देखिन थालेको छ ।

नेपाल बार एसोसिएसन

नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिष्ट्सको संयुक्त आयोजनामा भएको ‘नेपालको संविधानमा मानवअधिकार : कार्यान्वयनका चुनौतीहरु’ विषयक छलफल कार्यक्रममा सहभागीहरु ।

डायस्पोराका कविताको विमोचन

नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)द्वारा विदेशमा बस्ने नेपाली कविले सिर्जना गरेको कवितासङ्ग्रह ‘डायस्पोराका कविता’ को विमोचन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे र एनआरएन अध्यक्ष शेष घले ।

थारु समुदायका युवतीहरु

थारु पोशाकमा प्रस्तुत भएका युवतीहरु । राजधानी काठमाडौंमा आयोजित जितिया पर्व मनाउने तयारीका लागि उनीहरु थारु पोशाकमा प्रस्तुत भएका हुन् ।

अतिरिक्त महानिरिक्षक शर्मा

प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्मा काठमाडौं स्थित ट्रमा सेन्टरमा स्वास्थ्य उपचार गराईरहेका मधेशमा आन्दोलनका घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुँदै ।

पेट्रोलका बोतल

कपिलवस्तुको जहदिमा रहेको एक होटलमा रुखमा झुन्ड्याएर बिक्री गर्न राखिएको पेट्रोलका बोतलहरु किन्दै ग्राहक । सीमापारिबाट ल्याउने पेट्रोल प्रतिलिटर १५० देखि २०० रुपैयाँले बिक्री गर्नेगर्छन् ।

दुर्घटनाग्रस्त बस

कञ्चनपुरको झलारी पिपलाडी नगरपालीका ११ बसन्त सामुदायिक वन नजिक दुर्घटनाग्रस्त बस । आज साँझ म १ ख ४५६ नम्बरको यात्रु बाहक बस दुर्घटना हुदा सात जना यात्रु घाईते भएका छन् ।

उच्चमावि स्थापनाको हासो

ओखलढुङ्गा जिल्लास्थित पलापु भञ्ज्याङ्मा रहेको श्री गोल्मादेवी उच्च माविको उद्घाटनका सहभागी सभासद्द्वय रामहरि खतिवडा र यज्ञराज सुनुवार उद्घाटन पश्चात खुसीका साथ नाच्दै ।

सरकार गठनबारे छलफल

नेपाली काँग्रेसको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट बाहिर निस्कँदै सूचना तथा सन्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजाल, महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

हस्तक्षेपको विरोध

नेपाली जनताको दैनिक जीवन कष्टकर हुनेगरी भइरहेको भारतीय हस्तक्षेपको विरोध गँदै कतारमा कार्यरत नेपालीहरु ।