Browsing Category
बिबिध
हरियो पत्ती
फिक्कलको सुन्दरपानीमा रहेको गोर्खा टी स्टेटमा कार्यरत मजदुरहरू यस सिजनको अन्तिम हरियोपत्ती टिप्दै ।
राष्ट्रिय संवाद कार्यक्रम
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घले बुधबार आयोजना गरेको सरकार, अधिकारवाला र सरोकारवालाहरुसँगको दुईदिने राष्ट्रिय संवाद कार्यक्रमको उद्घाटन गर्दै सभामुख ओनसरी घर्ती ।
भूकम्प प्रभावितलाई कमल
संयुक्त अरब इमिरेट्स, दुबईको क्राउन प्लाजाका कमर्चारीको सहयोग र हेल्पिङ ह्यान्ड परासीको सहकार्यमा प्राप्त कम्बल लिँदै नवलपरासीका देउराली र हुप्सेकोटका भूकम्प प्रभावित घरका परिवारजन ।
अमेरिकाको ह्वाइट हाउस अगाडि प्रदर्शन
भारतले गरेको अघोषित नाकाबन्दी विरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन गर्दै नेपालीहरु ।
नाकाबन्दीको विरोधमा
नेपालमाथि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले लैनचौरमा प्रदर्शन गर्दै ।
नारायण सत्सङ्ग
नागार्जुन नगरपालिका–९ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानद्वारा निर्मित नारायण सत्सङ्ग भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
नयाँ शक्ति
चावहिलको एक पार्टी प्यालेसमा भेला भएका नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत ।
राप्रपा नेपाल
राप्रपा नेपालको केन्द्रिय परिषदको बैठक समुद्घाटन समारोहमा पार्टी अध्यक्ष कमल थापा ।
शान्ति तथा सद्भाव ऐक्यबद्धता
लायन्स क्लब अफ काठमाडौँले शनिबार माइतिघर मण्डलामा आयोजना गरेको शान्ति तथा सद्भाव ऐक्यबद्धता कार्यक्रममा विभिन्न जातजातिको वेषभूषामा सजिएका सहभागीहरु नेपालको झण्डा हल्लाउँदै ।