Browsing Category

बिबिध

ग्याँस सहयोग

गोलाप्रथाबाट प्राप्त गरेको आधा सिलिण्डर ग्याँस समस्यामा परेका विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउँदै बेनी सामुदायिक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ ।

सरकारलाई एनआरएनको औषधि

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मो. मुस्ताक आलम गैर आवासीय नेपाली सङ्घको तर्फबाट प्रदान गरिएको रु. ५० लाख १८ हजार बराबरको जीवन रक्षक औषधी ग्रहणपछि समारोहलाई सम्बोधन गर्दै ।

पोखरेली मसिनो धान विस्थापन गर्दै जेठोबूढो

कास्कीमा पछिल्ला वर्षमा परम्परागत रुपमा रोपिने धान विस्तारै हराउन थालेका छन् । यहाँका किसानको रुचि आजभोलि नयाँ धानतर्फ बढेको छ । विगतमा टारी खेतका साथै यहाँका फाँटमा रोपिने धेरै धानका जात पूर्ण रुपमै लोप भै सकेका छन् भने कैयौं धान लोप हुने…

मधेस आन्दोलनमा ४८ भन्दा बढीको मृत्यु

नेपाल मानवअधिकार सङ्गठनले मधेस आन्दोलन जटिल अवस्थामा पुग्नुको पछाडि सरकार लगायत विभिन्न व्यक्तिका अभिव्यक्ति पनि दोषी रहेको जनाएको छ । मङ्सिर ६ देखि ९ गतेसम्म मधेस आन्दोलन चलिरहेका मध्य तराईका आठ जिल्लाको स्थलगत भ्रमण गरी तयार गरी आज…

-याली

मधेसमा भएको समस्या तत्काल समाधान गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा शान्ति वाटिकाबाट सुरु भएको दवाव -यालीमा सहभागीहरु ।

अपाङ्ग दिवस

चौबिसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत नेताहरु ।

राष्ट्रिय कविता महोत्सवमा द्वितीय

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०७१ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुनुभएका चेतनाथ धमलालाई सम्मानपत्र हस्तान्तरण गरिँदै ।

विश्व एड्स दिवस

विश्व एड्स दिवसको अवसरमा राजधानीमा मङ्गलबार एड्स रोगको रोकथाम गर्रौ भन्ने प्लेकार्डसहित युवतीहरु ।

एड्स विरुद्ध सचेतना

अठ्ठाइसौँ विश्व एड्स दिवसका अवसरमा मङ्गलबार पोखरामा वाइक्याप नेपालको आयोजनामा एड्स विरुद्धको सचेतना ¥यालीका सहभागीहरु ।

मानव साङ्गलोमा सहभागी

नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा तथा भारतीय नाकाबन्दीको विरोधमा राष्ट्रिय स्वाधिनता अभियानद्वारा आयोजित मानव साङ्गलोमा सहभागी ।