Browsing Category
बिबिध
उपाधि बङ्गलादेशलाई
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा आइतबार भएको चौध वर्षमुनिको छात्रा क्षेत्रीय फुटबल प्रतियोगितामा बङ्गलादेशले नेपालाई १–० गोलअन्तरले पराजित गरेपछि खुसीयाली मनाउँदै बङ्गलादेशका खेलाडी ।
सजिलो छैन, सीमामा चेली रोक्न
सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त बयानबाट जिप्रकाका प्रहरी अधिकृतदेखि माइती नेपाल कञ्चनपुरका पदाधिकारीसम्मले उनलाई…
महजात्राका लागि कलाकारहरु जापान
विदेशमा आएर आपतविपतमा परेकालाई उद्धार गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले गर्न लागेको महजात्रा– २०१५ का लागि पहिलोचरणका कलाकारहरु शुक्रबार बिहान जापानको टोकियोमा आइपुग्दै ।
चेलीको उद्धार
वैदेशिक रोजगारीका लागि किर्गिजस्तान र ओमन जान काठमाडौँदेखि भारतको राजधानी नयाँदिल्लीसम्म पुगेका सिन्धुपाल्चोक र खोटाङका युवतीहरु । उनीहरुलाई प्रहरी र माइती नेपालले कञ्चनपुर पश्चिम नाका गड्डाचौकीबाट उद्धार गरेको छ ।
बैठक अबरुद्ध गर्दै
व्यवस्थापिका–संसदको मंगलबार बसेको बैठक मधेसी मोर्चा सभासद्हरु वेल आएर बैठक अबरुद्ध गर्दै ।
अन्तरक्रिया
नेपाली काङ्ग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘नेपाली काङ्ग्रेसको तेह्रौँ महाधिवेशन नीति र नेतृत्व विषयक अन्तरक्रिया’ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइराला ।
पुस्तक लोकार्पण
प्रा. डा. यज्ञप्रसाद अधिकारीद्वारा सम्पादित नेपालमा लोकतान्त्रिक समाजवाद : सिद्धान्त र व्यवहार पुस्तक शनिबार पर्यटन बोर्डमा लोकार्पण गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।
संसदीय टोली चिनीयाँ अधिकारीसँग
व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको अगुवाइमा अरनिको राजमार्गको निरीक्षणका लागि गएको टोली तातोपानीस्थित नेपाल–चीन सिमानामा सामूहिकरुपमा चिनीयाँ अधिकारीसँग ।
राजनीतिमा युवा महिला अवसर र चुनौति
नेपाल युवा संस्था सञ्जालद्वारा शनिबार काठमाडौँमा आयोजित ‘राजनीतिमा युवा महिला अवसर र चुनौति’ विषयक कार्यक्रममा नेकपा (एमाले)का केन्द्रिय सदस्य रामकुमारी झाँक्रीसहित सहभागीहरु ।
महिला सशक्तिकरणका
चलचित्र विकास बोर्डले आयोजना गरेको ‘नेतृत्व विकास तथा महिला सशक्तिकरणका लागि चलचित्र क्षेत्रको भूमिका’ विषयक एक दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालामा सहभागीसँग सामुहिक तस्बिर खिचाउँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राई ।