Browsing Category

बिबिध

माघे सङ्क्रान्ति मनाउन

माघे सङ्क्रान्ति मनाउन घिउ–चाकु, तिलको लड्डू र तरुल किन्दै उपभोक्ता । सङ्क्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने विश्वास छ ।

भूकम्पपीडितको टहरा

हिउँले ढाकिएको गोरखाको लाप्राकस्थित भूकम्पपीडितको टहरा । गुप्सीपाखामा चर्को घाम नलाग्दा जमेको हिउँ पग्लिएको छैन ।

सार्वजनिक समारोह

महानगरको सत्ताइसौं नगर परिषद्द्वारा पारित कार्यक्रम सार्वजनिक समारोहमा सहभागी उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा तथा महानगरका विषयमा समाचार लेखी सहयोग गर्ने सम्मानित पत्रकारहरु ।

बेल्जियममा राष्ट्रनिर्माताको सम्झना

नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो ।

नेका केन्द्रीय कार्यसमितिको बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको नेका केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता ग्रहण गर्नुहुँदै सभापति सुशील कोइराला, साथमा उपसभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवालगायत ।

मिस ईकलेज

सिजन मिडियाद्वारा आयोजित मिस ईकलेजमा सहभागी प्रतियोगी नृत्यमार्फत प्रतिभा प्रस्तुत गर्दै ।

लट७ देखि १० सम्मका निजि मोटरकारहरु

निजि सवारी साधनलाई इन्धन दिने भएपछि भद्रकालीस्थित नेपाली सेनाको पम्पमा तेल भर्नको लागि लाइनमा वसेका लट ७ देखि १० सम्मका निजि मोटरकार ।