Browsing Category
बिबिध
पर्यटकको सेल्फी
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत म्याग्दीको पुनहिलमा सेल्फी तस्बिर खिचेर रमाउँदै दक्षिण कोरीयाका पर्यटक । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरीयाका पर्यटकको चहलपहल बढेको छ ।
पशुपति आर्यघाटमा मानवसागर
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा बुधबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिने क्रममा उपस्थित नेता तथा कार्यकर्ता र सर्वसाधारणको भीड ।
स्व.कोइराला–श्रद्धाञ्जलि
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा बुधबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल ।
नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन
नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालगायत ।
राष्ट्रपतिसमक्ष महान्याधिवक्ताले प्रतिवेदन प्रस्तुत
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले महान्यायाधिवक्ताको कार्यालयको आव २०७१/०७२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ।
मुस्ताङका महिला
विभिन्न समान बिक्रीका लागि झोला र हातमा बोकेर चितवनको खुरखुरेमा हिँडीरहेका मुस्ताङका महिला ।
आश्रम उद्घाटन
चितवनको भरतपुरमा स्थापना भएको मानव सेवा आश्रमको शनिबार उद्घाटन गर्दै महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)।
अदालतको बार्षिक प्रतिवेदन
राष्ट्रपति विद्यादेवी भण्डारी लाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठद्धारा सर्वाेच्च अदालतको आ.व२०७१÷०७२ बार्षिक प्रतिवेदन पेश गर्नु हुदै ।