Browsing Category
बिबिध
दोलखाका भूकम्प पीडित
दमामस्थित टोयटामा रहेको अलसत्रायन कन्ट्रयाक्टीङ कम्पनीमा कार्यरत नेपाली कामदारलाई कम्पनीले आठ महिनादेखिको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली बिचल्लीमा परेका छन् ।
जापानमा बेल विवाह
जापानमा पहिलो पटक आयोजना गरिएको बेल विवाहमा सहभागि बालिकालाई प्रमाणपत्र प्रदान गर्दै नेपाली राजदुतावासका कार्यवाहक राजदुत गेहेन्द्रराज भण्डारी ।
नेपाली फुटबलमा नवयुगको सुरुवात
आफ्नो घरेलु मैदानमा आयोजक भारतलाई पराजित गर्दै नेपालले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि स्वर्ण पदक जितेको छ । हिजो साँझ इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा…
नेपाली काँग्रेसको बैठक
नेपाली काँग्रेसका दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका समितिका संयोजकको आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दै ।
वसन्त श्रवण कार्यक्रम
श्रीपञ्चमीको अवसरमा हनुमान ढोकामा आयोजित वसन्त श्रवण कार्यक्रममा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली ।
कोरियाली महोत्सव
कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी वुटवलको आयोजनामा शुक्रबारदेखी सप्ताहव्यापी कोरियाली खाना र फिल्म महोत्सव रुपन्देहीको तामनगरमा सुरु हुंदै ।
व्यापार मेला
उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा फागुन ११ गते सम्म चल्ने नवलपरासीको सुनवलमा माघ २९ गते (शुक्रबार ) सुरु भएको दोश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री बिष्णु पौडेल ।
राष्ट्रिय स्वाभिमानको विमोचन
स्वाभिमानी प्रकाशनद्धारा शुक्रबार प्रकाशित राष्ट्रिय स्वाभिमान नेपाल मासिक पत्रिकाको समीक्षा तथा विमोचन कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईलगायत ।
स्वतन्त्र विद्यार्थी युनियनको २२औं राष्ट्रिय महाधिवेशन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित २२औं राष्ट्रिय महाधिवेशनमा नृत्य प्रस्तुत गर्दै कलाकार ।