Browsing

Image

कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक ‘लाइभ’

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा…

एशियाली मुलुकका मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढ्दो

काठमाडौं \ मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) ले विश्वव्यापी रुपमा मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ । फोरम एशियाको काठमाण्डौमा बसेको बोर्ड बैठकले एशिया महादेश भित्रका सबै देशहरुमा मानवअधिकार…

कांग्रेस केन्द्रिय समिति बैठकका लागि १० वटा एजेण्डा तय

काठमाडौं \ नेपाली कांग्रेस पार्टीले मंगलबारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति…

एमालेले एक व्यक्ति एक पदलाई कडाईका साथ लागू गर्ने

काठमाडौं \ एमालेमा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन् । एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरुप एमालेले दोहोरो पद कटौती गर्न लागेको जनाएको छ । शनिबार बसेको पार्टी सचिवालयको २३ औं…

आज साउने सङ्क्रान्ति, बेलुका लुतो फालिने

आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य…

आजदेखि कार्यान्वयनमा आउँदै छन् यी कर

काठमाडौ \ आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।…

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको हो…

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । विनियोजन विधेयक,…

ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं \ जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर…

जति षड्यन्त्र भए पनि अब मिटरब्याजसम्बन्धी विधेयक रोकिँदैन : मन्त्री गुरुङ

काठमाडौं \ नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसदको यही अधिवेशनबाट पारित हुने बताउनुभएको छ । मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न…