कांग्रेस सभापति देउवासँग अमेरिकी विदेशमन्त्री लुको भेट

0

काठमाडौं \  कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ। एक दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले भेटवार्ता गर्नुभएको हो।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभापति देउवाको निजी सचिवालयले जानकारी दिएको छ। सभापति देउवाले ट्वीट गर्नुहुँदै भेटमा शान्ति, लोकतन्त्रको  प्रवर्द्धन र अमेरिकी सहयोगका विषयमा छलफल भएको जानकारी गराउनुभएको छ। सभापति देउवाले अमेरिकी सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभएको छ।

लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ। भ्रमणका क्रममा उहाँले दूतावासका कर्मचारीलाई पनि भेट गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ।

उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ।  साथै उहाँले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ। उहाँले गत वर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.