तीनबुँदे सहमति मधेसको हितमा छैन : अध्यक्ष गच्छदार

0

उर्लाबारी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली काँग्रेस–माओवादी केन्द्रसँग मधेसी मोर्चाले गरेको तीनबुँदे सहमति मधेसको हितमा नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले मधेसी मोर्चाले प्रधानमन्त्री हटाउन र प्रधानमन्त्री बनाउन मात्र तीनबुँदे सहमति गरेको आरोप लगाउँदै त्यो मधेसमा हितमा नभएको बताउनुभयो ।

उहाँले मधेसको समस्या समाधान गर्न र संविधानको सफल कार्यान्वयनका लागि पनि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी र मधेसी मोर्र्चाबीच सहमति आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष गच्छदारले संविधान निर्माण आफूका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र आफ्नो पार्टीलाई सरकारमा सहभागी हुन नदिन केही पार्टी र केही ठूला व्यक्तिले षड्यन्त्र गरिरहेको बताउनुभयो ।

संविधान कार्यान्वयन र मुलुकको समस्या समाधानका लागि मुख्य दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै अध्यक्ष गच्छदारले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउँदैमा समस्याको समाधान नहुने जिकिर गर्नुुभयो ।

Leave A Reply

Your email address will not be published.