निलम्बित सांसद लामासँग एक करोड धरौटी माग

0

काठमाडौं । गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा निलम्बित सांसद ल्हारक्याल लामासँग विशेष अदालतले रु एक करोड धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजलाशले आज लामासँग सो रकम धरौटी माग गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दायर गरेको मुद्दामा सुनुवाई हुँदा निलम्बित सांसद लामालाई सो रकम धरौटी माग गरिएको हो ।
आयोगले लामाले गैरकानुनी रुपमा रु नौ करोड २४ लाख बराबर सम्पत्ति आर्जन गरेको उल्लेख गरी गत वैशाख ३० गते मुद्दा दायर गरेको थियो ।

Leave A Reply

Your email address will not be published.