नेपाली जनप्रगतिशील मञ्च बेल्जियमद्वारा प्रम दाहाललाई बधाइ

0

ब्रसेल्स । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले बधाइ दिएको छ । अध्यक्ष चित्र सुवेदीले जारी गरेको विज्ञप्ति जस्तोको त्यस्तै
नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड नेपालको ३९औं तथा गणतन्त्र नेपालको पुनः दोस्रो पटक प्रधानमन्त्री पदमा निर्बा्चित हुनु भएकोमा नेपालको लोकतान्त्रिक गणतान्त्रिक संबिधानको कार्यन्वयन गर्दै समृद्ध नेपाल निर्माणको लागि सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
बिगतमा दस बर्षे जनयूद्धमा होस वा संबिधान निर्माणमा होस तपाईले नेकपा माओबादी केन्दका अध्यक्ष क. प्रचण्डले लिने निर्णयलेनै प्रमुख भुमिका खेलेको बिषय कसैको सामु छुपेको छैन । अहिलेको यस संगिन घडिमा प्रधानमन्त्रि चुनावको वरीपरि सम्म आईपुग्दा संवाद सम्म हुन नसकेको आन्दोलनरत मधेसी जनजाती थारु तथा बिभिन्न समुदायहरुलाई छलफलको थलोमा ल्याएर उनिहरुकै समर्थनमा क. प्रचण्डनै प्रधानमन्त्रि चुनिनुले नै देसमा क. प्रचण्डको नेतृत्वलेनै समस्याहरुको सामधान निकाल्न सक्छ भन्ने प्रष्ट पारेको छ । यो बिषयले दिनको झल्को बिहानको घामले दिन्छ भन्ने भान संपुर्ण नेपालीहरुमा परेको छ । तपाईको प्रधानमन्त्रित्व कालमा नेपालको संबिधान लागु गर्ने र भुकम्पबाट आहात जनताहरुको आवसलाई दु्रत गतिमा निर्माण गर्ने छ भन्नेमा हामी बेल्जियममा रहेका प्रगतिशिल संगठनको साझा संगठन नेपाली जनप्रगतिशिल मंच, बेल्जियमले बिश्वास गरेको छ । साथै नेपाल निर्माणमा प्रवासबाट गर्न सकिने कुनै पनि सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।
प्रधानमन्त्रि निर्वाचनको क्रममा संमाननिय संसदमा बोल्दै प्रवासीहरुको पिडालाई महसुस गर्नु भएकोमा हामी प्रवासी नेपालीहरु यहांलाई हार्दिक धन्यवाद दिन चाहान्छौ । धन्यवाद
चित्र सुबेदी
अध्यक्ष
नेपाली जनप्रगतिशील मंच, बेल्जियम
मिति  ४ अगष्ट  २०१६

Leave A Reply

Your email address will not be published.