संविधान कार्यान्वयन सबै दल मिलेर : नेता कोइराला

0

नेपालगन्ज । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयनको चुनौतीलाई सबै दल मिलेर पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ द्वारा आज कोहलपुरमा आयोजित ‘बिपी हिजो र आजको सन्दर्भ’ विचारगोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियताको जगेर्नामा बिपीवाद अहिले पनि त्यतिकै सान्दर्भिक रहेको छ भन्नुभयो ।
उहाँले मुलुकको राजनीतिले सबैको हित गर्नुपर्ने बताउँदै एक पार्टीको मात्र हित हुने, असहमतिमा रहेकालाई सहमतिमा नल्याउने लोकतन्त्रको मूल्य, मान्यताको प्रक्रिया मिचेर सरकार सञ्ंचालन गर्ने प्रवृत्तिको पक्षपोषण आप्mनो दलले गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सभापति किरण कोइराला, पूर्व अध्यक्ष युवराज शर्मा, सनत रेग्मी, तप्प पौडेल, निरंजनसिंह सिजापतिलगायतका वक्ताहरूले बिपीवाद नेपाली काँग्रेसको सधैं मार्गचित्र बन्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा अन्तराल संस्थाले यहाँ आयोजना गरेको फोटो प्रदर्शनीका अवसरमा उहाँले रचनात्मक कामलाई संस्थाले देशव्यापी बनाउनुपर्नेमा जोड दिँदै प्रकृति संरक्षण मानव जीवनको अभिन्न अङ्ग बन्नुपर्ने धारणा राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.