क्याथोलिक धर्मगुरुको हत्या

0

फ्रान्स। फ्रान्सको नर्मान्डीस्थित एक चर्चमा दुई आक्रमणकारी एक्कासी प्रवेश गरी ८४ वर्षीय क्याथोलिक धर्मगुरु ज्याक हमेलको हत्या गरेका छन् । नर्मान्डी राज्यको सेन्ट एतिने डुरौभरे शहरमा मा भएको उक्त आक्रमणबाट वयोवृद्ध धर्मगुरु हमेलको मृत्यु भएको फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले पुष्टि गर्नुभएको छ ।
राष्ट्रपति अलान्दले घटनालाई कायरतापूर्ण आक्रमण बताउँदै फ्रान्समाथि एकपछि अर्को गर्दै विगत १८ महिनामा आतङ्कवादी हमला भएका र आतङ्कवादसँग जुध्न सबै नागरिकबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।
मुलुकमा एकपछि अर्को गर्दै इस्लामिक स्टेट (आईएस) समूहबाट गराइएका घटनाले फ्रान्समा आतङ्कवादी आक्रमणको विद्यमान भयलाई सबै मिली मुकाबला गर्नुको विकल्प नरहेको उहाँले बताउनु भयो ।
फ्रान्सको नमान्डीमा भएको आक्रमणपछि प्रतिक्रिया दिँदै क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले घटनाले उक्त क्षेत्रमा पीडा एवम् भय सिर्जना गरेको बताउँदै आक्रमणलाई जङ्गली एवम् क्रुर बताउनुभएको छ ।
घटनाको फ्रान्सका प्रधानमन्त्री मेनुयल भल्जले निन्दा गर्दै आफूलगायत सबै फ्रान्सेली नागरिकलाई यसले स्तब्ध बनाएका भनी ट्वीट गर्नुभएको छ । मङ्गलबारको घटनाको आईएसले जिम्मेवारी लिइसकेकोे छ ।
आईएसद्वारा सञ्चालित अमाक न्युज एजेन्सीले क्याथोलिक धर्मगुरुको हत्यामा आफ्ना सेनाको संलग्नता रहेको दाबी गर्दै आईएसले क्रुसेडर गठबन्धनमाथि लक्षित आक्रमणअन्तर्गत हमेलमाथि आक्रमण गरिएकोे जनाएको छ ।

Leave A Reply

Your email address will not be published.