जर्मनीको म्युनिकमा आत्मघाती आक्रमण, दशको मृत्यु, १६ घाइते

0

म्युनिक । जर्मनीको म्युनिक सहरमा शुक्रबार भएको एक बन्दुकधारीको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका म्युनिकको प्रहरीले शनिबार बताएको छ ।
बन्दुकधारी १८ वर्षीय युवकले आक्रमणपछि आफैँ गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले बताएको छ । इरानी र जर्मन नागरिकता लिएको बताइने उक्त १८ वर्षीय युवक दुई वर्षअघिदेखि म्युनिकमा बस्दै आएको म्युनिकका प्रहरी प्रमुख हेवर्टस आन्द्रेले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले सहरको एक सपिङमहलमा आक्रमण गरेको र हमलाका पछाडि अन्य कोही नदेखिएको बताउँदै आक्रमण के उद्देश्यका लागि गरेका थिए भन्नेबारे अनुसन्धान भइरहेको बताउनु भयो ।
घटनामा कोही यसियाली नागरिक नपरेका बताइएको छ । घटनापछि सहरमा दुई हजार ३०० प्रहरी र विशेष सुरक्षाबल तैनाथ गरिएको छ । आक्रमणपछि शुक्रबारै सहरमा सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएकामा केही घन्टापछि उक्त सेवा सञ्चालनमा आएको थियो । घटनामा इश्लामिक स्टेट (आइएस) समूहको संलग्नतालाई जर्मनीले नकार्दै हमलाकारीमा मानसिक समस्या भएको बताएको छ ।

Leave A Reply

Your email address will not be published.