नयाँ सरकार गठनमा अन्योल छैन : लेखक

0

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नयाँ सरकार गठनमा कुनै अन्योल र द्विविधा नरहेको बताउनुभको छ । काँग्रेस भक्तपुरद्वारा आज यहाँ ३४ औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेकपा (एमाले)ले भनेजस्तो नयाँ सरकार गठनका लागि संविधानमा कुनै अन्योल र द्विविधा नभएको जिकिर गर्नुभयो ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर संवैधानिक मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ लगायतले बिपीका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.