इटालीमा भानु जयन्ती भव्य

0

रोम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली (अनेसास ईटाली )ले रोममा भानुजयन्ति मनाएको छ। आदिकवि भानुभक्त आचार्यको २०२ औै जन्मजयन्तिको अवसर पारेर एक साहित्यिक कार्यक्रममा वीच उनले नेपाली साहित्यमा दिएको योगदानको स्मरण गरियो। कार्यक्रममा  आदिकवि आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली अवैतनिक दुत पाओलो नुगारीले साहित्य संस्कृतिको एउटा महत्वपूर्ण पाटो भएकोले यसको जगेर्ना गर्नु आवश्यक रहेको वताउनुभयो। नुगारीले संस्कार र संस्कृति नै मानव पहिचान भएको उल्लेख गर्दै यस्तो साहित्यिका कार्यको निरन्तरताको आवश्यकता औंल्याउनभयो।
नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङले भानुभक्तले नेपाली साहित्यमा गरेको योगदानको चर्चा गर्नुभएको थियो भने स्रस्टा कला पन्तले भानुभक्तको जीवनी उल्लेख गरेकी थिइन। जन सम्पर्क समिति ईटालीका महामन्त्री दौलतकुमार शाम्वाले आदिकवि भानुभक्त र मोतिराम भट्टको संयुक्त प्रयासले नेपाली साहित्य जगतलाई पुगेको फाइदाको चर्चा गर्नुभएको थियो ।
भानुभक्तको स्मरण गर्दै सहभागीहरु    दौलत कुमार शाम्वा,  भीम सुनार, कला पन्थ, हरि प्रसाद भट्टराई, नारायणी पाण्डे, हेमन्त भण्डारी  र रामहरी खकुरेलले आ-आफ्नो साहित्यिक रचना वाचन गर्नुभएको थियो। कार्यक्रम अनेसास ईटालीकी उपाध्यक्ष नारायणी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.