प्रम ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज माइतीघर मण्डलमा स्वतःस्फुर्त रुपमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदर्शन कार्यक्रम आयोजना गरेको अभियानका सदस्य कुबेर अधिकारीले जानकारी गराउनुभयो । “प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान जोगाउन काम गरेकाले उहाँको समर्थनमा प्रदर्शन गरेका होँ” उहाँले भन्नुभयो ।
अभियानमा समर्थन जनाउन आउनुभएका हास्यकलाकार राजाराजेन्द्र पोखरेलले प्रधानमन्त्री ओलीले देशको स्वाभिमान जोगाएकाले उहाँको समर्थन गरिएको बताउनुभयो । प्रदर्शनमा प्रधानमन्त्री ओलीको समर्थनमा गीत र कविता प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.