एमालेले अविश्वास प्रस्तावको सामना गर्ने

0

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएको अविश्वासको प्रस्तावको सामना गर्ने भएको छ । नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावविरुद्ध सामना गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी गराउनुभयो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशनसमेत दिनुभएको सचेतक ढकालले जानकारी गराउनुभयो ।
“प्रधानमन्त्रीले सांसदलाई नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संसद्मा दर्ता गराएको अविश्वासको प्रस्तावको सामना गर्न तयार रहन निर्देशन दिनुभयो”– उहाँले भन्नुभयो । बैठकमा प्रधानमन्त्रीले एमाले सत्तामा कसैको भ¥याङ चढेर नआएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्ने बताउनुभएको उहाँले जानकारी गराउनुभयो ।
प्रमुख सचेतक ढकालका अनुसार प्रधानमन्त्रीले कसैको दयामायाले एमाले सत्तामा नपुगेको बताउँदै राष्ट्रवादको अडान र भारतीय नाकाबन्दीको पनि यसअघि सामना गरेकाले अहिलेको परिस्थितिको सामना गर्न तयार रहेको धारणा राख्नुभयो । प्रमुख सत्ता साझेदार पार्टी माओवादी केन्द्रले सत्ता गठबन्धन छोडेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

Leave A Reply

Your email address will not be published.