घर भत्किँदा दुईको मृत्यु

0

नुवाकोट । जिल्लाको सिक्रे गाविसमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पानीले गलेको घर भत्किएर सिक्रे गाविस–८ का हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । सिक्रे गाविस– ८ का ६५ वर्षीय चित्रबहादुर श्रेष्ठ र उहाँको १३ वर्षीया नातिनी पुष्पा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
अविरल बर्खाले घरको जग रहेको माटो भासिएको र दुई जना चेपिएको बताइएको छ । प्रहरीलाई आज दिउँसो १ः३० बजे मात्रै जानकारी प्राप्त भएको बताइएको छ । साथै घरमा रहेका तीन वटा बाख्रा र एउटा कुकुर पनि घरभित्र परेर मरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.