डा केसीका माग सम्बोधन गरियोस्

0

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले आइतबारदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका मागलाई लोकतान्त्रिक र विधि सम्मत ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । “सत्याग्रही डा केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गरेपछि उहाँले अघि सारेका मागका सन्दर्भमा समाजमा बहस हुनु र पक्ष-विपक्षमा विचारहरू प्रवाहित हुनु स्वाभाविक हो, तर उहाँका मागलाई सम्बोधन गर्नुपर्छ”–समाजका महासचिव उत्तम पुडासैनीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा शिक्षामा सुधारको चारबँुदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीले आइतबारदेखि पुनः आठौँपटक अनशन सुरु गर्नुभएको हो । डा केसीका मागप्रति सहमत÷असहमत दुवै पक्षले मर्यादाको सीमा नाघेर अप्रिय र अस्वस्थ्य आरोप, प्रत्यारोप लगाउन नहुने समाजको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.