दल दर्ताका लागि डा भट्टराईको आवेदन

0

काठमाडौँ । नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । सो दलका संयोजक डा बाबुराम भट्टराईलगायतका नेता आज आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिनुभएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । पार्टी दर्तापछि संयोजक भट्टराईले सञ्चारकर्मीलाई नयाँ शक्तिले मुलुकमा हुन लागिरहेको तीनवटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो ।
सरकारमा पुगेर राज्यको नेतृत्व गर्ने हाम्रो अभिष्ट छ, आगामी डेढ वर्षभित्र स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुन्छ, उहाँले जिकिर गर्नुभयो, ‘ती तीनवटै निर्वाचनमा हामी सहभागी हुन्छौँ ।’
संयोजक भट्टराईले आफ्नो दल नेपालमा रहेका पुराना सबै पार्टीभन्दा फरक विशेषता भएको पार्टी भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.