सांग्रीला समाज बेल्जियम द्वारा बिध्यालय पुन-निर्माणको लागी सहयोग

0
  -बिष्णु सापकोटा। 
बेल्जियम, ०८ जूलाई । सांग्रीला समाज बेल्जियमको आयोजनामा पर्वत जिल्ला को नाङ्लीबाङमा अवस्थित बिध्यालयको पुनर्निर्माण सहयोग गर्ने उद्धेश्य सहित गत आईतबारको दिन लुभेनमा च्यारीटी लोक दोहोरि कार्यक्रम सम्पन्न भएको छ ।
    नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायिका देवी घर्ति मगर र गायक यम क्षेत्री मुख्य आकर्षक रहेको   कार्यक्रममा नेपाली राजदुताबास बेल्जियमका कार्यबाहक राजदुत घनश्याम भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क के सी को अध्यक्षतामा भएको पहिलो चरणको औपचारिक कार्यक्रमा सभापतिको आसनबाट बोल्दै केसीले प्रवासमा नेपाली भाषा,साहित्य, कला तथा लोक सस्कृतिको संरक्षण को लागी सांग्रिला समाज बेल्जियमले कार्यक्रम गर्दै आएको र बिभिन्न कार्यक्रम हरु मार्फत नेपालमा परोपकारी क्षेत्रमा पनि सहयोग को लागी हातेमालो गरेको बताए । त्यसै गरि प्रमुख अतिथिको आसन बाट का.वा. भण्डारीले संसारको जुन कुनै कुनामा रहे पनि आफ्नो भाषा सस्कृति प्यारो लाग्नु को साथै सांग्रीला समाजले नेपाल र नेपाली पन झल्कने भाषा साहित्य जस्ता कार्यक्रम गर्दै आएको आफुले पाएकोमा राजदुताबासको तर्फ बाट आयोजकको प्रशंशा गरेका थिए । त्यसै गरि बिशेष अतिथिको रुपमा रहेका एनआरएन ए बेल्जियमका अध्यक्ष गंगाधर गौतम ले सांग्रिला समाज बेल्जियमले गर्ने हरेक रचनात्मक कार्यक्रमम लाई गैर आवासीय नेपाली संघ बेल्जियम ले सहयोग गर्दै आएको र रहिरहने बताए । कार्यक्रममा बेल्जियमका बिभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगाएत बिभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।
   लोकदोहोरी गायन क्षेत्रका चर्चित गायक गायिका देबी घर्ति मगर र याम क्षेत्री को यूरोप टुर अन्तर्गत लक्जम्वर, जर्मनी, पोर्तुगल, नेदरल्याण्ड मा कार्यक्रम सम्पन्न गरि अन्तिम कार्यक्रम बेल्जियको लुभेन शहरमा अवस्थित प्रसिद्ध चेस क्याफेको हलमा भएको कार्यक्रमा कलाकार द्वयले प्रवासमा बस्ने नेपालीको मातृभूमि प्रतिको अघाद माया, लोक सस्कृति को सम्वर्धन, गायन भेष-भुषा प्रतिको माया यूरोपमा बस्ने नेपालीमा ज्यादा रहेको बताउदै कला संस्कृति क्षेत्रमा यूरोप को भ्रमणले अझ बढी प्रेरणा र उर्जा मिलेको बताए ।  
     कार्यक्रममा यूरो कलाकार संघका बलराम पुन तथा अन्य सहयोगि हरुले कार्यक्रमलाई रोचक बनाउन बिभिन्न म्यूजिक बाध्य बाधनमा बिशेष सहयोग गरेका थिए भने कार्यक्रमा स्थानीय कलाकार हरुको तर्फ बाट नृत्य समेत प्रस्तुत गरिएको थियो । रमाइलो दोहोरीमा सभागीहरुले देबी घर्ति मगर र यम क्षेत्रीले प्रसिद्ध लोक दोहोरी गीत प्रस्तुत गरेका थिए भने उनीहरु संगै दर्शक हरुले दोहोरि गीत गाउनुको साथै नेपाली पन्चे बाजाका गीतमा नृत्य सहित भरपुर मनोरंजन लिएका थिए 
  परोपकारी कार्य अन्तर्गत बिध्यालय को भवन पुनर्निर्माण सहयोग कार्यका लागी आयोजना गरिएको सास्कृतिक तथा दोहोरि कार्यक्रम कार्यक्रम यूवा राजेश केसी ले संचालन गरेका थिए । उपस्थित बिभिन्न महानुभावहरुले पुनर्निर्माणको लागी आर्थिक सहयोग समेत गरेका थिए । स्मरण रहोस सांग्रीला समाज बेल्जियमले  बेल्जियममा नेपाली भाषा स्कुल संचालन गरेको थियो भने पुन भाषा स्कुल संचालन को लागी लुभेन नगरपालिका संघ सम्बाद भैरहेको र छिट्टै संचालन मा ल्याउने समेत जानकारी गराएको छ ।
Leave A Reply

Your email address will not be published.