राष्ट्रपतिद्वारा इदको शुभकामना

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पु-याउने हुँदा यो पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.