सुरक्षा परिषद् विधेयक सदनमा प्रवेश

0

काठमाडौं । मुलुकको बृहत् राष्ट्रिय सुरक्षालाई व्यवस्थित गर्न तर्जुमा गरिएको राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७३ ले सदनमा प्रवेश पाएको छ । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले आज सदनमा उक्त विधेयक प्रस्तुत गर्दै राष्ट्रको बृहत् सुरक्षालाई व्यवस्थित गर्न विधेयक प्रस्तुत गरिएको र यो विधेयक सुरक्षा परिषद्लाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेको बताउनुभयो ।
नेपालको संविधानले सुरक्षा परिषद्ले सेना परिचालन र नियन्त्रण गर्ने सम्बन्धमा सरकारलाई सुझाव दिने प्रयोजनका लागि राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था गरेको छ । सुरक्षा परिषद्ले गरेको अध्ययन र विश्लेषणका आधारमा जरुरी देखिए सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था रहेको छ । यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गर्नुभएको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिएकामा सदनले अस्वीकृत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.