तिरना विमानस्थलबाट करोडौँ युरो लुटियो

0

अल्वानिया । तीन जना हतियारधारी लुटेराको समूहले अल्वानियाको व्यस्त तिरना विमानस्थलबाट करोडौँ युरो बोकिएको एक हतियारले सुसज्जित गाडीलाई लुटी लगेका अल्वानियाली दैनिक पत्रिकाले शुक्रबार जनाएको छ । विमानस्थलको धावनमार्गमा उक्त गाडीबाट विमानमा पु-याउने क्रममा उक्त नगद लुटिएको बताइएको छ ।
तिरनाबाट अस्ट्रियाको भियनाका लागि उड्न लागेको जहाजमा कुनै बैकिङ क्षेत्रमा काम गर्ने कम्पनीले नगद लग्न लागेको समाचारमा उल्लेख छ । नकावधारी लुटेराहरुले नगद कब्जामा लिएपछि त्यसलाई एक गाडीमा राखी तापिजाको पुल नजिक पु¥याएका थिए । त्यसपछि उनीहरूको सम्लग्नता रहेको प्रमाण नष्ट गर्न उक्त गाडीमा आगो लगाइएको थियो । आगोले जलेर नष्ट भएको गाडीमा अनुसन्धानका लागि उपयुक्त हुने कुनै सङ्केत नभेटिएको सुरक्षा अधिकारीले बताएका छन् ।
विमानस्थललाई लक्षित गरी आतङ्ककारी आक्रमण हुन थालेपछि विमानस्थलमा सुरक्षास्थिति मजबुत गरिएको भनिरहेका बेला विमानस्थलमा लुटेरासमूहले ठूलो धनराशी लुट्न सफल भएको छ ।

Leave A Reply

Your email address will not be published.