ईयू बेलायतबिना पनि झन राम्रोसँग बाँच्नसक्छ : मार्केल

0

बर्लिन । जर्मन चान्सलर एङ्गिला मार्केलले बेलायत बिना पनि युरोपेली सङ्घ, ईयू झन बलियो र राम्रोसँग बाँच्न सक्ने बताउनुभएको छ । उहाँले मङ्गलबार बर्लिनमा जर्मन संसदलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो । बेलायत बाहिरिएपछि दिनुभएको प्रतिक्रियामा मार्केलले युरोपेली सङ्घलाई बेलायतको अभाव नखट्किने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, बेलायत बिना नै पनि युरोपेली सङ्घ शान्ति, समृद्धि र स्थायित्वलाई सुनिश्चितता दिएर अघि बढ्न सक्छ ।
बेलायत ईयूबाट बाहिरिएपछि आफ्नो देशको संसदलाई पहिलो पटक संसद् गर्दै उहाँले भन्नभयो, बेलायत निस्किएपछि पनि ईयू बलियो छ र यसले आफ्ना सम्पूर्ण क्रियाकलापलाई पहिलेकै तुलनामा रा अझ त्योभन्दा पनि राम्रोगरी अघि बढाउन सक्छ । साथै युरोपेली युनियनले आफ्ना सबै चाहना र कार्यक्रमहरुका बारेमा अन्तर्राष्ट्रियस्तरमै पनि राम्रोसँग अघि बढाउन र प्रतिरक्षा गर्न सक्छ, उहाँले भन्नुभयो ।
बेलायतमा गत जुन २३ मा भएको जनमतसङ्ग्रहले बेलायतलाई युरोपेली सङ्घबाट बाहिरिन जनादेश दिएको थियो । सो निर्णयपछि विश्व राजनीतिमा नयाँ तरङ्ग आएको छ । बेलायत यस सङ्गठनबाट बाहिरिएपछिको अवस्था कस्तो होला भनेर गरिएका विविध खालका अनुमानसँगै जर्मन चान्स्लरको यो भनाइ आएको छ ।

Leave A Reply

Your email address will not be published.