अध्यक्ष दाहालको अष्ट्रेलिया भ्रमण स्थगित

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आज हुने भनिएको अष्ट्रेलिया भ्रमण स्थगित भएको छ । माओवादी अध्यक्ष दाहालको आज मध्यान्ह अष्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । अष्ट्रेलिया जानुभन्दा केहि घण्टा अघि मात्रै दाहाले भ्रमण स्थगित गरेका हुन् । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन उनी आठ दिन लामो अस्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । दाहालले आज बिहान प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासंग छुट्टाछुट्टै छलफल गरेका थिए । ओली र देउवासंगको छलफलपछि दाहालले भ्रमण स्थगित गरेका हुन । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको सांगठनिक कार्यव्यवस्थाले भ्रमण स्थगित गरिएको दाहालका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । प्रधानमन्त्री ओली र देउवाले समेत यति लामो समयसम्म देश बाहिर नजान सुझाव दिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.