अफगानिस्तानमा भएको आक्रमणप्रति प्रम दुःखित

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा आज बिहान आतङ्कबादीको आत्मघाती बम आक्रमणमा परी १२ जना निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको तथा सात नेपाली घाइते भएको घटनाबाट आफू अत्यन्त मर्माहत र दुःखित भएको जनाउनुभएको छ ।
यस दुःखद घडीमा दिवङ्गत नेपाली दाजुभाइप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति नेपाल सरकार र व्यक्तिगततर्फबाट समेत समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । “रोजगारीका सिलसिलामा त्यहाँ गएका निहत्था व्यक्तिमाथि भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो, म यस घटनाको घोर भत्र्सना र निन्दा गर्दछु ”, उहाँले भन्नुभएको छ ।
सो घटनाको पछाडि रहेका आपराधिक तत्वलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र आफ्नो विश्वास व्यक्त गर्दै उहाँले आतङ्कवादका सबै प्रकार र स्वरुपविरुद्ध लड्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता दोहो¥याउनुभएको छ ।
उहाँले घटनाको यकिन विवरण लिन तथा शव नेपाल फिर्ता पठाउन, घाइतेको स्वास्थ्योपचार सुनिश्चित गर्न तथा अन्य आवश्यक कार्यका लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदूतावासबाट आवश्यक कार्य सुरु भइसकेको जानकारी दिँदै सो कार्यमा मित्र राष्ट्र अफगानिस्तानको सरकार र अन्य सम्बन्धित क्षेत्रबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.