अनेसास ईटालीले भानु जयन्ति मनाउने

0

रोम। अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले रोममा भानुजयन्ति मनाउने भएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा आगामि जुलाई १७ गते आइतवार एक साहित्यिक कार्यक्रमका साथ उनको सम्झना गर्न लागिएको हो।
ईटालीमा भानुभक्तको स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागिएको पहिलो पटक हो। भानु जयन्तिको मनाउने क्रममा ईटाली निवासी साहित्यप्रेमीहरुको साहित्यक रचना प्रस्तुत गरिने अनेसास ईटालीका महासचिव रामहरी खकुरेलले जानकारी दिएका छन्।
आदिकवि आचार्यलाई नेपाली साहित्यमा विशेष सम्मान र महत्वक साथ हेरिन्छ। आचार्यले नै संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी काव्यात्मक रुपले प्रस्तुत गरेका थिए। यस वाहेक उनका अन्य फुटकर कृतिहरु नेपाली भाषामा रचता गरिएका छन्। भानुभक्तको जन्म वि.स १८७१ मा चुँदिरम्घामा भएको थियो।

Leave A Reply

Your email address will not be published.