प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण

0

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्नुभयो । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार साझ प्रसारण हुँदै आएको ‘सिधा कुरा प्रधानमन्त्रीसगको गत हप्ताको कार्यक्रममा एक दर्शकले विमानस्थलको व्यवस्थापकीय पक्षमा जिज्ञासा राखेपछि आज उहाँले आकस्मिक निरीक्षण गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकरीले जानकारी दिनुभयो ।
अपराह्न २ बजे विमानस्थल पुग्नुभएका प्रधानमन्त्रीले विमानस्थलका विभिन्न विभागको निरीक्षणपछि प्रतीक्षालयलगायत भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, ‘अन अराइभल’ भिसाको शुल्क तिर्ने स्थानमा देखिएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले विमानस्थलका कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाचमा कडाइ गर्न पनि सरोकारवाला पक्षलाई निर्देशन दिनुभयो । निरीक्षणका लागि प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महत पनि विमानस्थल जानुभएको थियो ।

Leave A Reply

Your email address will not be published.