संविधान संशोधन गर्न सकिन्छः अध्यक्ष दाहाल

0

नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनमार्फत मधेसका समस्या सम्बोधन गर्न सकिने बताउनुभएको छ । बाँके जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले कसैलाई भेदभाव गरेको छैन, तर संशोधन गर्नै पर्ने केही विषय छन् भने सहमतिमा संशोधन गर्न सकिन्छ ।”
आउँदो दश वर्षभित्र आफ्नो पार्टी मुलुकको सबैभन्दा ठूलो पार्टी हुने विश्वास व्यक्त गर्दै उहाँले अब कम्युनिष्ट मूल्य, मान्यताबाट सङ्गठन विस्तार गरिने बताउनुभयो । सो अवसरमा नेताहरु रामबहादुर थापा, मातृका यादव र तिलक परियारले सङ्गठनलाई बलियो बनाउने मुख्य आधार कार्यकर्ताबीचको एकता नै हो भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.