नेविसङ्घको महाधिवेशन काठमाडौंमा

0

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ । नेवि सङ्घको केही दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले काठमाडौँमा महाधिवेशन गर्नुपर्ने सुझाव दिएपछि काठमाडौँमा गर्न लागिएको सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले बर्सादको समयमा उपत्यका बाहिरभन्दा काठमाडौँमै महाधिवेशन गर्न सुझाव दिएपछि काठमाडौँमा गर्न लागेका हौँ ।”
लामिछानेले आगामी साउन २३ देखि २५ गतेसम्मका लागि प्रतिदिन रु दुई लाख १० हजारका दरले भाडामा लिइसकिएको जानकारी दिनुभयो । नेवि सङ्घको भोलि बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने प्रवक्ता लामिछानेले बताउनुभयो ।
नेवि सङ्घको ११औँ महाधिवेशनमा देशभरका तीन हजार ४०० प्रतिनिधिको सहभागिता रहनेछ ।

Leave A Reply

Your email address will not be published.