काँग्रेस सरकार परिवर्तनको पक्षमा छ : डा कोइराला

0

भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेस सरकार परिवर्तनको पक्षमा भएको बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घको राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले काँग्रेस सधैं प्रतिपक्षमा नबस्ने स्पष्ट गर्नुभयो । उहाँले उग्रराष्ट्रवादले मुलुकमा विदेशी हस्तक्षेप बढेको र त्यसले नेपालको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बनाएको विचार व्यक्त गर्नुभयो ।
उहाँले आम्दानीको तुलनामा निकै बढी खर्च गर्ने लक्ष्य राखेको बजेटको कार्यान्वयन पक्ष कमजोर भए मुलुक धरासायी बन्ने आशङ्का व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने भेलामा ७५ जिल्लाका करिब २०० स्वास्थ्यकर्मीको सहभागिता छ ।

Leave A Reply

Your email address will not be published.