तोकिएकै मितिमा नेवि सङ्घको अधिवेशन गर्न सुझाव

0

काठमार्डां । नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा पदाधिकारीले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न सुझाव दिनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशन सफल बनाउन आज पूर्व अध्यक्ष तथा पदाधिकारीसँग गरेको छलफलमा उहाँहरूले विधानलाई सङ्घीय ढाँचामा लगी समावेशी बनाई प्रभावकारी केन्द्रीय समिति बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
लामो समय अधिवेशन नहुँदा सङ्गठन र मुलुकको शैक्षिक आन्दोलनसमेत कमजोर भएकाले पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न उहाँहरूले सुझाव दिनुभएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
छलफलमा पूर्व केन्द्रीय अध्यक्ष गोविन्द भट्टराई, गुरु घिमिरे, बद्री पाण्डे, मीन विश्वकर्मा, केशव सिंहलगायत हुनुुहन्थ्यो ।
नेवि सङ्घको ११ औँ अधिवेशन आगामी साउन २५ देखि २७ गते सम्म राजधानीको भृकुटीमण्डपमा गर्ने प्रस्ताव जारी केन्द्रीय समिति बैठकले गरिसकेको छ । २०६३ सालयता नेवि सङ्घको अधिवेशन हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.