स्व गुरुङको अन्त्येष्टि

0

काठमाडौं । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । साँझ पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा जेठा छोरा किशोरले दागबत्ती दिनुभयो । अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका थिए ।

jl/i7 ;ªuLtsf/ :j cDa/ u'?ªsf] kfly{j z/L/df bfuaQL lbb} h]7f 5f]/f lszf]/ . tl:a/ M /f]zg ;fksf]6f,/f;;

राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षामन्त्री भीमबहादुर रावलले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गर्नुभयो । त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए ।
यसअघि स्व गुरुङको पार्थिव शरीरलाई बिहान ११ बजेदखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । उहाँको उपचारका क्रममा आज बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । गुरुङको अन्तिम बिदाइमा गीत–सङ्गीत क्षेत्रका व्यक्ति र हजारौँ सर्वसाधरण सहभागी भएका थिए ।

kz'klt cfo{3f6df jl/i7 ;ªuLtsf/ :j cDa/ u'?ªsf] cGTo]li6df g]kfnL ;]gfn] ;nfdL ck{0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;

Leave A Reply

Your email address will not be published.