नयाँ समीकरणका लागि प्रम ओली र प्रचण्डबीच छलफल

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारका काम कारबाही, नेकपा (एमाले) र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा छलफल भएको छ । एमाले स्थायी समितिको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल सुरु भएको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयकोे ध्यानाकर्षण
नेपालमा आयोजना गरिने विमस्टेकको चौथो शिखर सम्मेलनका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट हालै प्रकाशित समाचारप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले सन् २०१४ मार्चमा म्यान्मारको ने पि तमा सम्पन्न तेस्रो शिखर सम्मेलनपश्चात् नेपालले विमस्टेकको अध्यक्षता ग्रहण गरेको र अध्यक्ष राष्ट्रको हैसियतले आगामी चौथो शिखर सम्मेलनको आयोजना नेपालले गर्ने जनाएको छ ।
मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमार्फत नेपालले विमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गर्ने विषय आगामी आवको नीति तथा कार्यक्रममा समावेश भइसकेको सन्दर्भमा नेपाल सरकारले उक्त सम्मेलन आयोजना गर्न नसक्ने अर्थ लाग्ने गरी प्रकाशित समाचारप्रति सरकारले खेद प्रकट गरेको छ ।
साथै, नेपाल सरकार उक्त शिखर सम्मेलन समयमै सम्पन्न गर्न प्रतिबद्ध एवम् सक्षम रहेको र सदस्य राष्ट्रसँग परामर्श गरी शिखर सम्मेलनको मिति घोषणा गरिने पनि मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.