गैर आबासिय नेपाली संघ बेल्जियम – प्रेस बिज्ञप्ती

0

सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा संघ संस्थाहरु
नेपाली समुदाय बेल्जियम ।

बिषय : सत्य तथ्य सूचना र विवरण उपलब्ध गराइ सहयोग गरी दिन हुन अनुरोध ।

Acenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न, मिति २३ मे २०१६ का दिन एनआरएनए बेल्जियमको सचिबालयको बैठकले हामीलाई समयावधी सहित स्वतन्त्र छानबिन गरी कार्यबाहिको सिफारीस गर्न आधिकारिक रूपमा अधिकार प्रत्यायोजन सहितको पत्र बुझाए अनुसार समितिले प्रारम्भिक कार्य थालनि गरेको जानकारी सन्बन्धित सबैलाई जानकारी गराउदछौ ।

सार्बजनीक रूपमा उठेका यस बिषयलाई औपचारिक रूपमा अन्त्य गर्नका लागि र सम्बन्धित ब्यक्ति तथा संघ संस्थाहरुको सार्बजनिक जीवनलाई बिबादमुक्त र मर्यादित बनाउन छानबिन समितिलाई सबै पक्षबाट सत्य तथ्य विवरण उपलब्ध गराएर उचित निर्णय र सिफारिस गर्नमा सहयोग गरी दिन हुन संबन्धित सबै सरोकारवाला ब्यक्ति तथा संघ संस्थाहरुमा समिति हार्दिक अनुरोध गर्दछ ।

समितिलाई यहाँहरुले लिखत, मौखिक बयान विवरणहरु नाम खुलाएर या नखुलाउने शर्तमा उपलब्ध गराउन सक्नु हुनेछ । समितिलाई सूचना सँकलनका लागि खबर गर्न सक्नु हुनेछ । प्राप्त सुचना, विवरण तथा बयानहरु समितिमा गोप्य राखिनेछ । समितिलाई निम्नानुसारको ठेगाना र समय सिमा भित्र प्राप्त आधिकारिक सूचना विवरणहरुलाई छानबिनको दायरामा ल्याइ छलफलका लागि पेश गरिनेछ ।

सूचना विवरण उपलब्ध गराइ सक्नु पर्ने अन्तिम मिति : जुलाई २५, २०१६ ( Till 23,00u)

संपर्क ईमेल ठेगाना : aic.belgium@gmail.com
janakeegurung@hotmail.com
पत्रचारको ठेगाना : Janakee Gurung
Fonteinstraat 75 Bus 22
3000 Leuven, Belgium

छानबिन समितिका निम्न सदस्द्यहरुसँग पनि तथ्य प्रमाण तथा सूचना विवरण उपलब्ध गराउन सक्नु हुनेछ ।

१, प्रेम गुरुङ सदस्य Email : premgrgbel@yahoo.com
२, चिज कुमार श्रेष्ठ सदस्य Email : kumar@umi-sushi.be
३, नेत्र मगर सदस्य Email : nbmagar@hotmail.com
४, पदम गुरुङ सदस्य Email : padamgurung67@hotmail.com
५, भिम जोशी Email : roashansajana@gmail.com
६, पिजी शेर्पा सदस्य Email : sherpapg@hotmail.com
७, युबराज गुरुङ सदस्य Email : tamuyubaraj@hotmail.com
८, लोक दाहाल सदस्य Email : dahallp2004@gmail.com

धन्यवाद ।

जानकी गुरुङ
संयोजक
Acenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न बनेको समिति
गैर आबासिय नेपाली संघ बेल्जियम ।

Leave A Reply

Your email address will not be published.