छानबिन समिति नबनेसम्म संसद नचल्ने

0

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ ।
नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताउनुभयो । “हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत्युत्तर दिएको छैन”–संसद् परिसरमा एकत्रित पत्रकारलाई उहाँले भन्नुभयो । उहाँले प्रतिपक्षका माग सम्बोधन नभएको बताउँदै बजेटमा बहस गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभयो ।
सत्तारुढ प्रमुख दल नेकपा ९एमाले०का सांसद वामदेव गौतमले बजेटको अङ्कमा केही तलमाथि भए पनि गम्भीर त्रुटि नभएकाले विरोधका लागि विरोध गर्नु विपक्षीको धर्म हो भन्नुभयो । उहाँले त्रुटि सच्च्याउँदै जानुपर्नेमा जोड दिँदै सदनको कामकारबाही अवरुद्ध गरेर काँग्रेसलाई घाटा हुने बताउनुभयो । उहाँले छानबिन समिति गठन गर्ने किसिमको गम्भीर गल्ती बजेटका सन्दर्भमा नभएको र सरकारले कुनै समाचारपत्रलाई सूचना नदिएको स्पष्ट गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.