तीन किलो बढी कोकिनसहित चिनियाँ नागरिक पक्राउ

0

काठमाडौं । प्रहरीले चिनियाँ नागरिक चुन मान होलाई तीन केजी १७७.५ ग्राम लागुऔषध कोकिनसहित पक्राउ गरेको छ । मलेसियन एयरको एमएच ११५ नंको प्mलाइटद्वारा मलेशियाको क्वालालम्पुर हुँदै हङ्कङ जान लागेका पासपोर्ट नं के ०२३३४५७५ वाहक २१ वर्षीय मानलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको हो ।
जाँच गर्ने क्रममा उनले बोकी ल्याएको सुटकेसको पिँधमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध कोकिन बरामद भएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सो कोकिन काठमाडाँै–कोलालम्पुर हुँदै हङकङ पु-याएबापत हङ्कङ डलर ३० हजार दिने सहमति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताउनुभयो । बरामद अवैध लागुऔषध कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य रु छ करोड ३५ लाख ५० हजार हुन्छ ।

Leave A Reply

Your email address will not be published.