पहिचानको आन्दोलन जारी : सङ्घीय गठबन्धन

0

काठमाडौं । पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन गर्दै आएको सङ्घीय गठबन्धनले पहिचानको आन्दोलनलाई जारी राख्ने बताएको छ । गठबन्धनले आज स्वयम्भूमा आयोजना गरेको विरोध सभाका वक्ताहरुले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहने बताएका हुन् ।
सीतापाइलाबाट सुरु भएको गठबन्धनको विरोध -याली स्वयम्भू चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्ने गठबन्धन आबद्ध दलका नेताहरुले प्रदेश सीमाङ्कनलगायतका विषयको सम्बोधन नभएसम्म आन्दोलनलाई थप प्रभावकारी बनाइने बताए ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका रणध्वज कन्दङ्वा, तमुवान संयुक्त सङ्घर्ष समितिका नवराज गुरुङ, थरुहट संयुक्त सङ्घर्ष समितिका संयोजक सोमती थारु, सद्भावना पार्टीका रामकिशोर सिंहलगायतले पहिचानसहितका मुद्दालाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बुद्धजयन्तीका अवसरमा बुद्ध जाति, द्वन्द्व आदि सबैका विरोधी भएकाले उहाँबाट सबैमा प्रेरणा मिलोस् भनेर स्वयम्भूमा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.