काठमाडौंबाट अधिकार लिएर मात्रै फर्कन्छौँः अध्यक्ष महतो

0

काठमाडौं ।  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताउनुभएको छ । थापागाउँस्थित पार्टी कार्यालयमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौँ केन्द्रित मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
“हामी त्यसै कर्मकाण्डी आन्दोलनका लागि काठमाडौँ आएका हैनाँै, अधिकार प्राप्तिका निम्ति आएका हाँै । आन्दोलनलाई निर्णायक बनाइ अधिकार लिएरमात्रै फर्कन्छौँ”– उहाँले भन्नुभयो ।
अध्यक्ष महतोले काठमाडौँबाट खाली हात फर्कनु परे आफ्नै ठाउँ मधेसमा गएर आन्दोलनलाई झनै कठोर बनाउने र त्यो आन्दोलन नियन्त्रणबाहिर हुने दाबी गर्नुभयो ।
अहिले पनि सरकारले गम्भीरता देखाए आफूहरुले वार्ताबाटै समस्याको समाधान चाहेको उल्लेख गर्दै उहाँले थप्नुभयो– “सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा, पीडितलाई क्षतिपूर्ति र मुद्दा फिर्ता गर्नुपर्छ ।”
यसैबीच, सङ्घीय समाजवादी फोरम नेपाल आबद्ध मधेसी ट्रेड युनियन महासङ्घले औपचारिक रुपमा सद्भावना पार्टीमा आबद्ध भएको घोषणा गरेको छ ।
समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत रहनुभएका महासङ्घका अध्यक्ष पल्टन ठाकुरसहितका पदाधिकारीसहित सदस्यहरु सद्भावना पार्टीमा प्रवेश गरेका हुन् । अध्यक्ष ठाकुर, केन्द्रीय विभाग सदस्य अशोककुमार यादव, रोजगारी तथा श्रम विभाग सदस्य मधुमाया यादव, महिला फोरम सचिव डा रिना यादव, विनोद विश्वकर्मा, सुरेश गुप्तासहितलाई सद्भावना अध्यक्ष राजेन्द्र महतोले टीका लगाएर पार्टी सदस्यता प्रदान गर्नुभयो ।
महासङ्घ अध्यक्ष ठाकुरले फोरम समाजवादीले आफ्ना मागको सुनुवाइ नगरेको, एकीकरणको बहानामा आफ्नो दलको नामबाटै मधेसी शब्द उन्मूलन गरी मजदुरलाई मर्माहत तुल्याएकाले पार्टी आबद्धता अन्त्य गरी सद्भावना पार्टीको सुभेच्छुक संस्थाका रुपमा आबद्ध भएको विज्ञप्तिमार्फत घोषणा गर्नुभयो ।
महासङ्घमा १५ वटा राष्ट्रिय सङ्घ रहेका र जम्मा एक लाख ६५ हजार सदस्य रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.